‘सडक मानवमुक्त बनाउन सरकारले मानवसेवा आश्रमलाई सहयोग गर्नुपर्छ’

नेपालखोज २०८२ साउन २ गते २१:२४

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सडक बालबालिका तथा सडक मानवमुक्त राष्ट्र निर्माणका लागि मानवसेवा आश्रमजस्ता संस्थालाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले तेस्रो स्थापना दिवसको अवसरमा आज काठमाडौंको रानीवनस्थित मानसेवा आश्रममा आश्रितलाई भोजन वितरण कार्यक्रममा उनले मानवसेवा आश्रमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

पूर्वमन्त्रीसमेत रहेका केसीले सरकार आफैँ यस्ता काममा लाग्नेभन्दा पनि यस्ता संस्थालाई नेतृत्व गर्नसक्ने गरी आर्थिक, भौतिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए । सरकारले यस्ता संस्थाको नियमन गरी सहज सञ्चालनको व्यवस्था गरेमा सकारात्मक प्रतिफल आउने उनको भनाइ छ ।

नेता केसीले आश्रमलाई अगाडि बढाउन आफूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया