युएईमा १२० जना नेपालीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले १२० जना नेपालीलाई आममाफी दिएका छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल-अदाहको अवसरमा युएईको विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १२० जना नेपाली कैदी बन्दीलाई आममाफी दिएको हो ।
दूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको भन्दै युएई सरकारलाई धन्यवाद दिएको छ । युएईको विभिन्न कारागारमा बन्दी जीबन बिताईरहेका नेपाली श्रमिकले आममाफी पाए पनि उनीहरु के कसुरमा जेल जीबन बिताईरहेका थिए भन्ने बारे केहि खुलाईएको छैन ।
युएईले केहि नखुलाए पनि मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेकाहरुलाई माफी दिएको हुनसक्ने अनुमान गरिएको छ । आममाफीका पाएकाहरुलाई दूतावासले नेपाल फर्किनको लागि सहयोग गर्ने बताईएको छ ।
युएईले गत बर्ष चैत महिनामा पनि पवित्र महिना रमादान एवं ईद पर्वको अवसरमा १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको थियो । युएई सरकारले राष्ट्रिय दिवस, इदजस्ता विशेष अवसरहरूमा कैदीहरूलाई आफ्नो जीवनमा गल्ती सुधार्ने दोस्रो मौका दिँदै नयाँ जीवन जिउनको लागि हरेक वर्ष आममाफी दिँदै आएको छ ।








प्रतिक्रिया