दुग्धजन्य पदार्थको बिक्री बढेपनि पूर्वका दूध उत्पादन गर्ने कृषकलाई साढे १९ करोड बक्यौता तिर्न बाँकी

नेपालखोज २०८२ साउन ४ गते १७:१८

काठमाडाैं । विराटनगर दुग्ध वितरण आयोजनाले दुध तथा दुग्धजन्य पदार्थको विक्री बढेपनि पूर्वका दूध उत्पादन गर्ने कृषकलाई करिब साढे १९ करोड रुपैया बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

विराटनगर दुग्ध वितरण आयोजनाले गत पौष मध्यसम्मको दुधको बक्यौता तिरिसकेको र अहिले प्रत्येक महिना एक किस्ता मात्र दुध कृषकहरुलाई दुधको बक्यौता तिर्ने गरेको बताएको छ ।

विराटनगर दुग्ध वितरण आयोजनाले प्रत्येक १५ दिनमा दुधको भुक्तानी गर्ने गरिएको भएपनि गत पौष १५ गते देखि ०८२ को असार मसान्त सम्म करिब ६ महिनाको करिब साढे १९ करोड रुपैया भुक्तानी गर्न बाँकी रहेको विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त प्रमुख हिर बहादुर मगरले जानकारी दिए ।

उनले विराटनगर दुग्ध वितरण आयोजनामा पूर्वका कृषकहरुबाट दैनिक करिब १५ हजार लिटर दुध संकलन गर्ने गरेकोमा सबै दुधबाट दुग्धजन्य पदार्थ उत्पादन गरेर विक्री गर्ने गरेको बताए । कृषकहरुलाई बक्यौदा तिर्न ढिला भएको हुनाले पनि दुग्ध संकलनमा असर परेको उनको भनाइ छ ।

प्रतिक्रिया