‘विधालय शिक्षा विधेयकमा शिक्षकको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित भएन’

नेपालखोज २०८२ साउन ४ गते १७:३९

काठमाडाैं । रास्वपा सांसद सुमना श्रेष्ठले विधालय शिक्षा विधेयकमा शिक्षकहरुको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरुसंग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश बिषय समावेश भएको भन्दै अव पनि शिक्षकहरुले थप मागमा अडान लिन नहुने बताएकी हुन् ।

विधालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उहाले शिक्षकहरुलाई सुझाव दिइन् । श्रेष्ठले शिक्षकहरुको अनुहार देखाएर अरु समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह गरिन् ।

उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाई भएको भन्दै यसमा राजनीतिक दलहरु समेत गम्भीर हुनुपर्ने बताइन्।

प्रतिक्रिया