सप्तरीको नर्घोबाट तीन सय ८९ केजी गाँजा बरामद

नेपालखोज २०८२ साउन ४ गते १८:४०

काठमाडौं । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–३ नर्घोबाट साउन ४ गते करीव ३ सय ८९ केजी गाँजा बरामद भएको छ ।

उक्त स्थानमा रहेको एक स्थानीयको घर नजिकैको बासँघारी, शौचालय र गोठमा १२ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा सो गाँजा फेला पारेको हो ।

सो स्थानमा गाँजा लुकाई छिपाई राखेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीको विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो, विओपि बनैनियाको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

प्रतिक्रिया