एमालेको केन्द्रीय कमिटी बैठक आज पनि, बाँकी सदस्यले आफ्नो धारणा

नेपालखोज २०८२ साउन ६ गते ८:४२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । सोमबारदेखि जारी बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने बाँकी सदस्य आज आफ्नो धारणा राख्ने छन् ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।

प्रतिक्रिया