जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८२ साउन ६ गते १४:२४

काठमाडौं । उदयपुरको १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–९ अजयगरा बस्ने १९ वर्षीय सुजन सदालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्वतमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहादी गाउँपालिका-६ चर्काङ बस्ने ६४ वर्षीय भुवान्नद तिवारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुवानन्दले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सेतीवेणीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया