नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छ : अध्यक्ष नेपाल
नेपालखोज
२०८२ साउन ७ गते ११:२५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् ।
अध्यक्ष नेपालले ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न प्रकारले विस्तारित भइरहेको बताए ।
मुलुकमा निरङ्कुशताविरुद्धको सङ्घर्षमा जनतालाई सङ्गठित गर्न कम्युनिष्ट पार्टी स्थापनामा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे ।
सम्बन्धित

प्रतिक्रिया