‘संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकार जिम्मेवार र संवेदनशील छ’

नेपालखोज २०८२ साउन ७ गते १६:०१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट गरे ।

संविधानले निर्देशन गरेबमोजिम सहिदहरू, बेपत्ता एवं द्वन्द्वपीडितको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियालाई यथासक्य छिटो टुङ्गोमा पुर्याउने लक्ष्यका साथ काम अघि बढिरहेको बताए ।

प्रतिक्रिया