राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संंघ नेपालको ३६औं वार्षिकोत्सब विविध कार्यक्रमका बीच सम्पन्न

नेपालखोज २०८२ साउन ७ गते १७:३६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संंघ नेपालको ३६औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच मंगलबार सम्पन्न भएको छ । पेशागत महासंघका अध्यक्ष पुण्य प्रसाद ढकालले एक समारोहका बीच वार्षिकोत्सब मूल कायक्रमको समुदघाटन गरेका हुन ।

याे अवसरमा अध्यक्ष ढकालले राज्य तथा रोजगारदाताले श्रमिकको रोजगारी र सेवासूविधामा ध्यान पूर्याउन सके उत्पादकत्व बृद्धिमा स्वतः सहयोग पूग्ने बताए । बैंकमा हाल भइरहेको आन्दोलनमा महासंघको ऐक्यवद्धता जनाउदै ढकालले आवश्यक पहलकदमी लिइने र तार्किक निश्कर्षमा पूर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संंघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेले सम्झौता भएर पनि कार्यान्वयन हून नसकेका विषयहरु तत्काल सम्बोधन हूनूपर्ने अन्यथा थप कडा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिने बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा संघका पुर्व अध्यक्ष शिव कूमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संंघ नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका नवनियूक्त अध्यक्ष देव कूमार ढकाल, निमित्त प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल राष्ट्र बैंक कर्मचारी संंघका अध्यक्ष रामहरी घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संंघ रावा बैंकका अध्यक्ष ईश्वर बहादूर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शूभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्वर्४नका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको यिो ।

कार्यक्रममा संंघको कर्णाली प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्यांकनमा उष्कृष्ट भएबापत रनिङ शिल्ड प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय बाणिज्य बैंकको सन्दर्भमा योगदानमा आधारित उपदानः कर्मचारीमा परेको प्रभाव र समाधानका उपायहरु’ विषयक निबन्ध प्रतियोगितामा जानकी कूमारी न्यौपाने प्रथम, रमा पराजूली द्वितीय र राकेश कूमार राय तृतीय भएका थिए ।

सोही अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएकोमा रेनूका न्यौपाने प्रथम, एलिना गौतम द्वितीय र कोपिला ढकाल तृतीय भएकी थिईन । विजयी प्रतियोगीहरुलाई मुल समारोहका अतिथिबा६ पूरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

संघका महासचिव रविन्द्रप्रसाद चौंलागाईंले संचालन गर्नूभएको उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा संंघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठान स्तरका टे«ड यूनियनका अध्यक्षहरु, बैंकका उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, उप्रमुखहरु, शाखा प्रबन्धकहरु, सं३का पदाधिकारीहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।

मुल समारोह हूनूअघि राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय परिसरमा अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय तथा बरिष्ठ उपाध्यक्ष बद्री प्रसाद तिमल्सिनाले संयुक्त रुपमा संंघको झण्डोत्तलन गरेका थिए ।

प्रतिक्रिया