सुनको मूल्य घट्यो, कतिमा हुदैछ काराेबार ?

नेपालखोज २०८२ साउन ८ गते १०:५८

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ हजार ४०० रुपैयाँ घटेको छापावाल सुनकाे मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुनकाे मूल्य १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया