‘एमाले विद्यादेवीलाई राजनीतिमा लगाइएको प्रतिबन्ध संविधानको मौलिक हक विपरीत रहेको छ’

नेपालखोज २०८२ साउन ८ गते ११:४०

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले राजनीतिमा आउन नदिने निर्णय संविधानसम्मत नरहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् ।

कानुनका विद्यार्थी समेत रहेका गुरुङले बिहीबार सामजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीलाई एमाले राजनीतिमा लगाइएको प्रतिबन्ध ‘नेपालको संविधानको मौलिक हकको धारा १७ विपरीत रहेको’ बताएका हुन् ।

‘पुर्वराष्ट्रपति माथि एमाले प्रवेसमा गरिएको प्रतिवन्ध नेपालको सँविधान को मौलिक हक को धारा-१७ विपरित रहेको देखिन्छ’, उनले फेसबुकमा लेखेका छन्, किन भने नेपालको सँविधान ले पुर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन । नेपाली नागरिकहरुको हकमा मौलिक हक सँबन्धि धारा १७ ले दलिय स्वतन्त्रता प्रदान गरेको छ ।’

माओवादी केन्द्रका महासचिव गुरुङले संविधानकै मौलिक हक देखाएर विद्यालाई राजनीतिमा आउन नदिने एमाले केन्द्रीय समितिको निर्णय प्रथम दृष्टिमै बदरयोग्य रहेको तर्क गरे । उनी लेख्छन्, ‘अतः मौलिक हक विपरीत भए गरेका निर्णयहरु प्रथम दृष्टिमा नै बदरयोग्य हुने ठहर्दछ ।’

प्रतिक्रिया