नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरु छलफल

नेपालखोज २०८२ साउन ८ गते १५:०३

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरु छलफल भएको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकमा विधेयकमाथि संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधनको औचित्यमाथि प्रष्ट पारेका थिए ।

बैठकमा सांसद रामकृष्ण यादव, उर्मिला माझी, हितराज पाण्डे, सुमना श्रेष्ठ, योगेश भट्टराई र ठाकुर गैरेले आफ्नो संशोधन प्रस्तावको सन्दर्भ, उदेश्य र औचित्यमाथि धारणा राखेका हुन् । सांसद योगेश भट्टराईले तीन तहको साझेदारी र निजि क्षेत्रको सहभागीतामा बिमानस्थलको सञ्चालन र व्यवस्थापन गर्न सक्न प्रावधान राख्नुपर्नेसहितका मोडल बनाउनुपर्ने बताए ।

त्यस्तै सांसद हितराज पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणलाई अन्तराष्ट्रिय स्तरको बनाउनुपर्ने र हवाई सेवामा भविष्यमा कुनै समस्या नआउने गरि विधेयकलाई पूर्ण बनाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया