सञ्चारमन्त्री गुरुङ चीन प्रस्थान गर्दै

नेपालखोज २०८२ साउन ८ गते २१:५५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गर्दै छन् ।

विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

यही साउन १० देखि १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११ः३० बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । उनका साथमा सूचना प्रविधि सल्लाहकार डा शालिग्राम पराजुली र स्वकीय सचिव विक्रम न्यौपानेलगायत छन् ।

सम्मेलनबाट एआईसम्बन्धी विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा पराजुलीको भनाइ छ । मन्त्री गुरुङ यही साउन १४ गते स्वदेश फर्कनुहुने तालिका छ ।

प्रतिक्रिया