प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
नेपालखोज
२०८२ साउन ९ गते ६:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन् ।
प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।
महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया