राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु : पूर्वराष्ट्रपति भण्डारी

नेपालखोज २०८२ साउन ९ गते १८:०७

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) रही मुलुक र नागरिकको सेवामा समर्पित हुने बताएका छन् ।

आज यहाँ पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले आफूले जननेता मदन भण्डारीबाट एमालेको सदस्यता प्राप्त गरी शपथ लिएको उल्लेख गर्दै पार्टीको निर्णयबमोजिम राष्ट्रपतिबाट जिम्मेवारी पूरा गरी पुनः एमालेमा मै फर्किएको बताए ।

पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नभएको समेत बताए । एमालेको हालै सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद ९जबज० प्रति एमालेका नेता, कार्यकर्ता र जनसङ्गठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज पार्टीले सफलता हासिल गरेको बताए ।

प्रतिक्रिया