प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

पर्सा । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने बताए ।
प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरूआतदेखि निर्माण सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधिसहित कर्मचारी र इञ्जिनियरहरूको पनि खुलेर प्रशंसा गरे । प्रधानमन्त्री ओलीले मुलुकभर विभिन्न सरकारी कार्यालयको भवन निर्माण हुने कार्य द्रूत गतिमा अघि बढिरहेको जानकारी दिए ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले भवन भवन निर्माण भएसँगै जनताले पाउने सेवामा थप सरल र सहज हुने बताए । भवन विसं २०७७ मा निर्माण सुरू गरिएको थियो ।
परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्नासाह रौनियारले पालिकाले आन्तरिक स्रोतबाट तीन करोड २५ लाख ५१ हजार रकम खर्चेर भवन सम्पन्न गरेको बताए ।

प्रतिक्रिया