संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार गर्न आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुखले बेलायत सरकारलाई ‘प्यालेस्टाइन एक्सन’ नामक अभियान समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन अनुरोध गरे । उनले उक्त निर्णय अत्यधिक र अनावश्यक देखिएको टिप्पणी गरेका छन् ।
बेलायतले आतंकवादसम्बन्धी सन् २००० को ऐन अन्तर्गत सो समूहमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाउने निर्णय त्यसपछि आएको हो, जब सो समूहका केही सदस्यहरूले दक्षिण इंग्ल्यान्डस्थित एक वायुसेना आधार शिविरमा प्रवेश गरी दुई विमानमा रातो रङ छ्यापेका थिए, जसबाट अनुमानित ९५ लाख अमुरिकी डलर बराबरको क्षति भएको बताइएको छ ।
उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आतंकवादी कार्य भन्नाले ज्यान जाने, गम्भीर चोटपटक पुर्याउने वा बन्धक बनाउने किसिमका आपराधिक गतिविधिहरूलाई मात्र बुझिनुपर्ने स्पष्ट पारे ।
यो प्रतिबन्धपछि अब सो समूहको सदस्य हुनु, समर्थन गर्नु वा समर्थन गरेको भान पार्ने किसिमको लुगा लगाउनु पनि कानुनविपरीत हुने बताइएको छ । यस्ता कार्यमा संलग्न पाइएमा व्यक्तिलाई अधिकतम १४ वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया