गुल्मीमा आगलागीबाट युवतीको निधन
नेपालखोज
२०८२ साउन ११ गते ९:१८

तम्घास (गुल्मी) । घरमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आज विहान मृत्यु भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिए । उनका अनुसार जुना आफैँमा मानसिक अवस्था कमजोर रहेको र उनी आफैँले घरमा आगो लगाएको थिइन् ।
स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।
सम्बन्धित








प्रतिक्रिया