‘बराहक्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ’

नेपालखोज २०८२ साउन ११ गते १३:१८

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण तथा सुधार र जल व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

आज बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित बराहक्षेत्र मन्दिरमा आयोजित दोस्रो बराहजयन्ती कार्यक्रममा उनले यहाँका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्दै यसको संरक्षणप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

हरेक वर्ष हजारौँ श्रद्धालुहरूको आगमन हुने यस तीर्थस्थलमा पूर्वाधार र संरचनाको स्तरोन्नति अपरिहार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउछ । पछिल्लो समय बाढी तथा कटानको उच्च जोखिममा परेको बराहक्षेत्रमा तटबन्ध निर्माणका साथै अन्य सुरक्षाका उपाय अघि बढाइने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया