सुख्खा संकटग्रस्त मधेश प्रदेशमा जनतालाई राहत उपलव्ध गराउन सरकारको ध्यान केन्द्रीत : मन्त्री खड्का

नेपालखोज २०८२ साउन ११ गते १३:३३

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा जनतालाई राहत उपलव्ध गराउन सरकारको ध्यान केन्द्रीत रहेको बताएका छन् ।

सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले मधेश प्रदेश बर्षा नहुदा सिचाइ र खानेपानीको समस्या देखिएको भन्दै जनतालाई राहत उपलव्ध गराउन सरकारको ध्यान केन्द्रीत रहेको बताए ।

मधेश प्रदेशमा देखिएको चूनौतिलाई सामना गर्न थप विधुतको आवश्यकता पर्ने भएकाले यसका लागि मन्त्रालयले आवश्यक पहल सुरु गरिसकेको उनको भनाइ छ । मन्त्री खड्काले २१ बर्षअघि तराई क्षेत्रका गाँउमा तानिएका विधुतको तारले अहिलेको माग धान्न नसक्ने देखिएको जिकिर गरे ।

उनले सिंचाईका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र प्रयोग गरेर जनतालाई सहजता प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया