प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न

नेपालखोज २०८२ साउन ११ गते १४:०७

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा आइतबार आयोजित एक समारोह बीच वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । याे अवसरमा प्रहरी महानिरीक्षक थापाले श्रीखण्ड र नीमको विरूवारोपण गरेका थिए ।

सो अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायत प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत प्रहरी हवल्दार तथा जवानहरूले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण गरेका थिए ।

सो अवसरमा बेल, अम्बा, कागती, जापनिज हलुवाबेद, अङ्गुर, आरू, आलुबखडा, अनार, नासपाती, एभोकाडो लगायतका १ सय ४० थान विरूवा रोपण गरिएको थियो ।

प्रतिक्रिया