भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति अध्यक्ष यादव आपत्ति

नेपालखोज २०८२ साउन ११ गते १८:१५

काठमाडाैं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आपत्ति जनाए ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विधेयकमाथि संशोधनकर्तासंगको छलफलका क्रममा उनले विधेयकमा रहेको प्रावधान संविधान र संघीयताको प्रावधान बिपरितको रहेको भन्दै आपत्ति जनाए ।

सुकुम्बासी समस्या समाधान गर्न भूमि ऐन र वन ऐन प्रयाप्त रहेकाले भूमि सम्बन्धी विधेयक ल्याउन आवश्यक नरहेको उनले बताए । अध्यक्ष यादवले सकुमवासीको नाममा हुकुमबासीहरुलाई जग्गा बाड्ने काम भएको आरोप लगाए ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डले घरजग्गा व्यवसाय बाहेक अन्य प्रयोजनका लागि प्राप्त गरेको जग्गा वा स्वीकृत लिएको जग्गा बेचबिखन गर्न नपाउने व्यवस्था राख्नुपर्ने सुझाव दिए ।

उनले अव्यवस्थीत बसोवासीलाई जग्गा उपलव्ध गराउदै जग्गाको प्रकृति क्षेत्रफल र मूल्याङ्कन समेतको आधार तयार गरि सोहि आधारमा सम्बन्धी स्थानीय तहको कार्यपालीकाले गरेको निर्णय बमोजिम दस्तुर लिइ जग्गाको स्वामित्व उपलव्ध गराउने सक्ने व्यवस्था राख्नुपर्ने संशोधन रहेको जानकारी गराए ।

त्यस्तै सांसद प्रकाश ज्वालाले अहिले पनि भूमिहिनलाई जग्गा उपलव्ध गराउने काम भइरहेको भन्दै कुन कानून अनुसार पूर्जा उपलव्ध गराइएको हो भन्दै प्रश्न गरे ।

उनले वास्तविक सुकुम्वासीहरुलाई पूर्जा पाउन बञ्चित भएको भन्दै यसलाइ सहज गराउन आवश्यक कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । सोमबार पनि विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुसंग छलफल हुने समितिले जनाएको छ ।

प्रतिक्रिया