इजरायलमा तीज धमाका २०८२ हुँदै

नेपालखोज २०८२ साउन ११ गते १८:३०

काठमाडाैं । इजरायलमा ‘तीज धमाका २०८२’ आयाेजना हुने भएकाे छ । प्रवासी सृजनशिल महिला समूह इजरायलले यस वर्षको तीजमा नेपालबाट कलाकारहरू निमन्त्रणा गरि ‘तीज धमाका २०८२’ मनाउन लागेकाे हाे ।

अघिल्ला वर्षहरूमा तीज पर्व पारेर यस्ता सांस्कृतिक कार्यक्रम अन्य संघसंस्थाहरूले गर्दै आएका थिए । यस वर्ष भने महिलाहरूको नेतृत्व एवं व्यवस्थापनमा तीज विशेष कार्यक्रम हुँदै छ ।

हहगना-१३५ तेलअभिवमा रहेको हलमा हुने कार्यक्रममा दरसहितको सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । यही अगष्ट १५ तरिख शुक्रबार बेलुका ८ बजेबाट सुरु हुने कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी एवं गायिका जानुका तामाङलाई निम्त्याएको आयोजकले इजरायलमा कार्यरत कलाकारहरूलाई पनि समेटेर कार्यक्रमलाई भव्य बनाउने जनाएको छ ।

‘तीज धमाका २०८२’ तीज विशेष सांस्कृतिक कार्यक्रममा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली एवं नेपाली भाषी दाजुभाई दिदीबहिनीहरूलाई आयोजकले उपस्थित भई दर खाँदै तीज मनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया