नेपाल वायुसेवा निगम आईटिसिटीए २०२५ अवार्डद्धारा सम्मानित

काठमाडौं । नेपाल वायुसेवा निगमलाई भारतको नयाँ दिल्लीमा आयोजीत टेन्थ इन्टरनेशनल टुरिजम कन्क्लेभ एण्ड ट्राभल अवार्ड (आईटिसिटिए) २०२५ का अवसरमा बेष्ट एयरलाईन्स अफ नेपाल रुट को प्रतिष्ठित अवार्डद्धारा सम्माननीत गरिएको छ ।
नयाँ दिल्लीस्थित होटल ले मेरीडियनमा भव्य समारोहका बीच मिति २०२५ जुलाई २६ का दिन सम्पन्न उक्त अवार्ड समारोहमा आईसिएम ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम वानीद्वारा संयुक्त रूपमा निगमलाई उक्त सम्मान प्रदान गरिएको होे ।
प्रत्येक वर्ष पर्यटन तथा उड्डयन क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रतिष्ठित संस्थाहरू मध्येबाट छनौट गरि अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्रदान गर्ने उद्धेश्यले आयोजना हुने आईटिसिटीए समारोहको यस संस्करणमा भारत सरकारका वरिष्ठ अधिकारीहरू, पर्यटन बोर्डका प्रतिनिधिहरू, अग्रणी टुर अपरेटरहरू, भारतीय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका प्रमुख व्यवसायीहरु लगायत सम्बन्धित विज्ञहरूको सक्रिय तथा गरिमामय उपस्थिति रहेको समारोहमा नेपाल वायुसेवा निगमको तर्फबाट दिल्लीस्थित कार्यालयका प्रतिनिधिहरू कमल ज्ञवाली, रमन निरौला र भानुभक्त कटुवाल लगायत सहभागी भई निगमलाई प्रदान गरिएको अवार्ड ग्रहण गरेका थिए ।
यो सम्मानले नेपालको राष्ट्रिय ध्वजावाहकको रूपमा नेपाल वायुसेवा निगमको प्रतिष्ठालाई थप मजबुत बनाएको छ । साथै, नेपाल–भारतबीचको पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न योगदान पुर्याउनुका साथै सुरक्षित, भरपर्दाे र यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने निगमको प्रतिबद्धतामा थप प्रेरणा तथा हौसला प्रदान गरेको छ ।








प्रतिक्रिया