मंगलबार, पुष १, २०८२

राष्ट्र बैंकको पुनः लगानी प्रस्ताव: दुई अर्ब ९२ करोड रुपैयाँ बैंकिङ प्रणालीमा राखिने

नेपालखोज २०८२ साउन १२ गते १४:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब ९२ करोड ५३ लाख रुपैंयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको नाउँमा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।

विभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि अगस्ट ११, २०२५ देखि अगस्ट ११, २०२६ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीहरूले यही साउन १४ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्ट्याइएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब ३४ करोड चार लाख, विकास बैंकहरुको लागि ४३ करोड ८७ लाख र फाइनान्स कम्पनीहरूको लागि १४ करोड ६२ लाख रुपैंयाँ छुट्ट्याइएको छ ।

रकम लगानी चाहाने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको दुई वर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्यूनतम सर्तहरू तोकिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया