सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरामा भेटिए

नेपालखोज २०८२ साउन १२ गते २२:०७

काठमाडाैं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरा महानगरपालिका–३० गगनगाैंडामा भेटिएका छन् । 

पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सोमबार साँझ सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए । अहिले सिन्धुली प्रहरीले पठाएको नाम रुजु गर्ने काम भैरहेको जनाइएकाे छ ।

प्रतिक्रिया