सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १३ गते सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका मनिष थापा तथा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ई.मिलनमान मास्केलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
साथै सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा भएका ईश्वरी बहादुर पुन, चाम नारायण महतो र रित बहादुर बस्नेतलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका हुन । नेपाल सरकार माननीय (गृह मन्त्री स्तर)को २०८२ साउन १२ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षक र प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका हुन ।
महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरूलाई हार्दिक बधाई दिनुको साथै सङ्गठनप्रतिको कर्तव्य परायणता र समपूर्ण भाव र योगदान तथा आत्म विश्वासको उच्च मूल्याङ्कन गर्दै बढुवा गरिएको बताउँदै पदीय जिम्मेवारीमा उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ कार्यक्षेत्रमा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिए ।

प्रतिक्रिया