नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगत्मा उठाइरहेका छौँ : मन्त्री देउवा

नेपालखोज २०८२ साउन १४ गते १७:३४

काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले अन्तरराष्ट्रिय जगत्मा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताएकी छन् ।

नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाहरुको सरोकार विषयक संवाद कार्यक्रम’मा उहाँले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तरराष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राखिन् ।

याे विषयमा हालै अन्तरराष्ट्रिय न्यायिक अदालतमा समेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नुपरिरहेको बताइन्।

उनले जलवायु परिवर्तनले ठूलो चुनौती निम्ताएको जनाउँदै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ छ ।

प्रतिक्रिया