साधारण सदस्यसमेत नरहने गरी नाउपाको संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त
नेपालखोज
२०८२ साउन १४ गते २०:२१

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पदमुक्त भएकी छन् । उनी साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भएकी हुन् ।
पार्टी संरक्षकसमेत रहेका आफ्ना श्रीमान रेमश चौधरीलाई पार्टी सदस्य हुनसमेत अयोग्य भन्दै अदालतमा जवाफ पेस गरेकी श्रेष्ठलाई रेशम पक्षीय बहुमत केन्द्रीय सदस्यहरूको हटाउने प्रस्ताव पारित भएको हो ।
त्यसअघि मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर बुधबार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठ चौधरीलाई हटाउने निर्णय गरेको जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया