क्यानको बहुप्रतीक्षित बोर्ड बैठक सुरू
नेपालखोज
२०८२ साउन १५ गते १२:१९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतीक्षित बोर्ड बैठक सुरू भएकाे छ । अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको मूलपानीस्थित कार्यालयमा बोर्ड बैठक सुरू भएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको समीक्षा र हिसाबकिताब पेश हुने भएकाले यो बैठकलाई निकै चासोका साथ हेरिएको छ । क्यानभित्रको असन्तुष्ट पक्षले एनपीएल अपारदर्शी भएको भन्दै बोर्डमा हिसाबकिताब देखाउनुपर्ने माग गर्दै आएको थियो ।
आजको बैठकको प्रमुख एजेन्डा एनपीएल नै हुने एक सदस्यले बताए । सचिव पारस खड्काले एनपीएल आयोजनाको समग्र संश्लेषण गर्नेछन् भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।
एनपीएलको पहिलो संस्करणमा क्यान मुनाफामा रहेको जनाइएको छ ।
सम्बन्धित








प्रतिक्रिया