सोमबार, मंसिर २२, २०८२

२ हजार ९२२ बिन्दुमा नेप्से, सातामा झण्डै एक खर्बको शेयर किनबेच

नेपालखोज २०८२ साउन १६ गते १४:०२

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २ हजार ९२२ दशमलव ६३ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय एक दशमलव १२ बिन्दुुमा कायम भएको छ ।

यो साता तीन सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार आठ लाख ४२ हजार २३ पटकको कारोबारमा २१ करोड ७८ लाख ७६ हजार छ सय ३८ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ९६ अर्ब ८८ करोड ७९ लाख पाँच सय ६० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैयाँले मात्र बढी हो ।

गत साता तीन सय २८ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार आठ लाख १९ हजार ६५ पटकको कारोबारमा २१ करोड ४७ लाख १७ हजार चार सय ९१ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ९५ अर्ब ९४ करोड ३१ लाख ७६ हजार १७ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये पहिलो, चौंथो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसुचक बाँकी दिनहरुमा भने उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आइतबार नेप्से परिसुचक १८ दशमलव ४४ अंकले ओरालो लागेर २९ सय ६४ दशमलव २० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले ओरालो लागेर पाँच सय १३ दशमलव ८७ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक सात दशमलव १० अंकले उकालो लागेर २९ सय ७१ दशमलव ३१ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच अंकले उकालो लागेर पाँच सय १४ दशमलव ९३ बिन्दुमा चढेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक ३० दशमलव ७६ अंकले उकालोे लागेर तीन हजार दुई दशमलव सात बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६६ अंकले उकालो लागेर पाँच सय १८ दशमलव ५९ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन बुधबार भने नेप्से परिसुचक पाँच दशमलव ४७ दशमलव ९३ अंकले ओरालो लागेर २९ सय ५४ दशमलव १४ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ७५ अंकले ओरालो लागेर पाँच सय सात दशमलव ८४ बिन्दुमा झरेको थियो ।

पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक ३१ दशमलव ५० अंकले ओरालो लागेर २९ सय २२ दशमलव ६३ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ७१ अंकले ओरालो लागेर पाँच सय एक दशमलव १२ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालन रि इन्स्योरेन्स कम्पनी, राधी जलबिद्युत कम्पनी आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा पनि हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, राधी जलबिद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया