‘पार्टीका नेता झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट विदा हुन दिनुहुदैँ’

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट विदा हुन सुझाव दिएका छन्
शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भनेका छन् भन्ने संचारकर्मीहरुको प्रश्नमा गर्दै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट विदा लिन सुझाव दिए । उनले सम्मानित नेता खनालले पटक पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाईको अर्थ नरहेको बताए।
एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुन: राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गए ।
अध्यक्ष नेपालले शेर बहादुर देउबा र केपी ओली एक ठाँउमा रहे सम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । उनले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएपनि अर्को सरकार बन्ने सम्भावना नरहेको जानकारी दिए ।

प्रतिक्रिया