समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सकारात्मक धारणा निर्माणमा मिडियाले अगुवाको भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिए ।
‘सामाजमा हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले यो विषयमा संवेदनशील बन्न जरुरी छ ।’
लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उनले जोड दिए । उनले मिडिया संस्थाको सङ्ख्या वृद्धि भएको सरकारले बजेटको आकार बढाउन भूमिका खेलिरहेको बताए ।

प्रतिक्रिया