कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी
नेपालखोज
२०८२ साउन १७ गते २१:२४

दमौली (तनहुँ) । यहाँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ ।
विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।
आज दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुँवा देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहकार्यमा अग्निनियन्त्रक प्रयोग गरी आगो निभाइएको उनले बताए । -रासस
सम्बन्धित

प्रतिक्रिया