बिहीबार, पुष ३, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८२ साउन १८ गते १७:०२

काठमाडौं । बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलालीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

पोखरा महानगरपालिका–३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रूपन्देही । सियारी गाउँपालिका–७ भर्तापुरस्थित सडकमा ना.६ प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ गरकट्टी बस्ने ५५ वर्षीय राम मिलन धवलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ खोरिया बस्ने ३८ वर्षीय दिनेख ठाकुरको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ । बरहथवा नगरपालिका–१५ पिपरा भिट्टास्थित वर्क सपमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहटको ईशनाथ नगरपालिका–४ महुलिया टोल बस्ने ५० वर्षीय समिला खातुनको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित धानबारीमा धान गोड्ने क्रममा मोटरमा जडान गरेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बैतडीमा डिलासैनी गाउँपालिका–३ गिरिबगर बस्ने केशव कोलीको छोरा १३ वर्षीय किरण कोलीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित डिन्नीगढ खोलामा बालुवा संकलन गर्दै गरेको अवस्थामा विद्युतको पोलमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मालिकार्जुन अस्पताल गोकुलेश्वर दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया