मेयर बालेन काठमाडौंको जनकपुर फिस हाउसमा, भन्छन्– तावा फिस खाँदा जनकपुरको याद आयो

नेपालखोज २०८२ साउन १८ गते १६:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् ।

मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिवारको स्वाद लिएका हुन् । ‘यहाँ तयार पारिएको माछाका परिकारमा तराईमा माछा खाएको स्वाद आयो, काठमाडौंमा जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लाग्यो’, मेयर शाहले भने । मेयर शाह पत्नी सबिना काफ्लेसहित मिथिला थाली पुगेका थिए ।

मास्टर सेफ साह काठमाडौं महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन् । साहले काठमाडौंको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालनमा गरिरहेका छन् भने गैरीधारामा जनकपुर फिस हाउस पनि सञ्चालन गरिरहेका छन् । साथै जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन् ।

पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरु गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुर माछाका परिकारका लागि चर्चित गन्तव्य हो । जनकपुरमा पाइने माछाका परिकार काठमाडौंबासीलाई चखाउने उद्देश्यले केही समय अघि साहले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया