व्यापक ध्रुबीकरणबिना नेपालमा समाजवाद असम्भव : विप्लव

काठमाडौं । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए ।
आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेकोसमेत ठोकुवा गरे ।
विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै उक्त पुस्तक खास गरी युवालगायत यो आन्दोलनमा रहेकाहरुले अनिवार्य पढ्नुपर्ने बताए । विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरु फासिजमतिर उन्मुख भएको आरोप लगाए ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ पुनर्गठनबिना क्रान्ति सम्भव नभएको बताए ।
कट्टेलले सार्वजनिकीकरण गरिएका दुई पुस्तकले त्यसमा पनि कम्युनिस्ट जनवादले नेपाली क्रान्तिको आधार पक्रेको बताए । उनले कम्युनिस्ट समाजवाद र कम्युनिस्ट जनवाद एक आपसका विरोधी बिचार नभएको, कम्युनिस्ट क्रान्तिबाट नै कम्युनिस्ट समाजवादमा पुगिने मार्गचित्र स्पष्ट रहेको तथ्यमा जोड दिए ।
कम्युनिस्ट जनवाद पुस्तकका लेखक भट्टले उत्पादन प्रणाली परिवर्तनबिना व्यवस्था परिवर्तन नहुने बताएका छन् । भट्टले भने, ‘नेपालमा आजसम्म भएको परिवर्तनले उत्पादन प्रणाली बदल्न नसक्नु र राजनीतिक सम्बन्ध मात्रै बदलिएकाले हरेक संघर्ष मात्रात्मक परिवर्तनमा गएर टुङ्गीयो र गुणमा परिवर्तन गर्न सकेन, जसका कारण समाजमा दिशाहिनता र विकृति मौलायो ।’
कम्युनिस्ट समाजवादका लेखक खेम थपलियाले आज आन्दोलन विभिन्न समाजवादी सिरामा विभाजित भएको सन्दर्भमा यो पुस्तकले सहिमर्गदर्शन गर्ने बताए ।

प्रतिक्रिया