बिहीबार, वैशाख ६, २०८१

पुलिसले एनआरटीलाई हराउँदा मनाङलाई रोशनले बचाए, फ्रेन्ड्स र हिमालयनको बराबरी

नेपालखोज २०८० जेठ १८ गते २१:४२

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । दशरथ रंगशालामा आज साँझ भएको खेलमा मनाङले खुमलटारएफसीलाई १–० गोलले पराजित भएको हो । दोस्रो हाफको अतिरिक्त समयमा रानाले गोल गर्दै मनाङलाई १–० को जितमात्रै दिलाएनन् की उनले तालिकामा पनि ३ अंक थप्न सफल भए  । 

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे ।

पुलिसको यो दशौँ जित हो । पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ । पुलिस चौंथो स्थानमा रहेको छ । एनआरटी २३ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

त्यसैगरी, फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । यस बराबरीसँगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको छ ।हिमालयनले २३ खेलमा ३० अंक जोडेको छ ।

प्रतिक्रिया