बिहीबार, पुष ३, २०८२

खोटाङ दुर्घटना अपडेट : एक तीर्थयात्री मृत्यु

नेपालखोज २०८२ साउन १९ गते १२:५१

काठमाडाैं । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सिराहाको नरहा गाउँपालिका-५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै गरेको प्र २-०-००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका-१, बाहुनीडाँडास्थित डौठे खोला नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी नरहा गाउँपालिका-३ कि ३६ वर्षीय ममतादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको थियाे ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया