सोमबार, मंसिर २२, २०८२

सर्वसाधारणका लागि माबिलुङ इनर्जीले आईपीओ निष्कासन गर्दै

नेपालखोज २०८२ साउन १९ गते १३:२३

काठमाडौं । सर्वसाधारणका लागि माबिलुङ इनर्जी कम्पनीले आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले साउन २६ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हाे ।

कम्पनिले १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँको १३ लाख ५४ हजार २३५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । ३० हजार ९५ कित्ता सेयर कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

प्रतिक्रिया