सदनमा रास्वपा र राप्रपा सांसदको विरोध कायमै रहे प्रतिवादमा उत्रिनुपर्ने अवस्था आउन सक्ने चेतावनी
नेपालखोज
२०८२ साउन १९ गते १४:३३

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनमा रास्वपा र राप्रपा सांसदहरुको विरोध कायमै रहे प्रतिवादमा उत्रिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा घिमिरेले भिजिट भिसाका बिषयमा दुई दलका सांसदहरुले ७० दिनदेखि सदनमा विरोध गरिरहदा गालिगलौज भएको भन्दै यस्तै प्रवृति निरन्तर अघि बढे यसविरुद्ध प्रतिवादमा उत्रने अवस्था आउन सक्ने बताए ।
सदनमा आएर भ्रमपूर्ण रुपमा आफ्नो कुरा राख्ने र सदन बहिष्कार गर्ने काम उचित नभएको उनको भनाइ छ । गोयवल्स शैलीमा झुटो कुरा गरेर आम जनतामा भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास बन्द हुनुपर्ने उनले बताए ।
घिमिरेले रास्वपा र राप्रपा सांसदहरुले गरिरहेको विरोधप्रति कांग्रेसको गम्भीर आपत्ति रहेको जिकिर गरे ।
सम्बन्धित

प्रतिक्रिया