रुसी रेल र बस ठोक्किँदा एक जनाको मृत्यु, ११ घाइते
नेपालखोज
२०८२ साउन १९ गते १४:४०

मस्को । रूसी शहर सेन्ट पिटर्सबर्ग नजिकैको सडक पार गर्ने क्रममा सोमबार एक मालवाहक रेलले पर्यटक बसमा ठक्कर दिँदा एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
दुर्घटना उत्तरपश्चिमी रूसमा भएको रूसी रेल नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार रेल ठोक्किँदा बस रेलको ट्रयाकमा थियो ।
रेलवे कम्पनीको विज्ञप्तिमा रेल चालकले आपतकालीन ब्रेक लगाउँदा दूरी धेरै छोटो भएका कारण दुर्घटना भएको उल्लेख गरिएको छ ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया