आशा लघुवित्तको खुद मुनाफा २० करोड ९२ लाख

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ९२ लाख ७७ हजार ९८३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ करोड ८९ हजार आठ सय ७३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड ३० लाख ४६ हजार २८० रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२ मा छ अर्ब ४५ करोड ४१ लाख सात हजार दुई सय ६० रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४४ करोड ९३ लाख ५० हजार ३०२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । याे अवधिमा ७३ करोड ८८ लाख ४४ हजार ६६८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ६ अर्ब ३९ करोड ४८ लाख ५९ हजार तीन सय ६२ रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ५५ करोड ५८ लाख ७७ हजार सात सय २२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ४४ करोड ११ लाख ८० हजार तीन सय आठ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।








प्रतिक्रिया