दोस्रो विश्वयुद्धमा बाँचेका कोरियाली ८० वर्षपछि पनि अझै पीडित

हापचियोन, दक्षिण कोरिया । सन् १९४५ अगष्ट ६ मा हिरोशिमालाई ध्वस्त पार्ने आणविक बम ‘लिटिल ब्वाई’ अमेरिकीहरूले खसाल्दा बाए क्युङ–मी पाँच वर्षको थिए । त्यस समयमा शहरमा काम गर्ने हजारौं अन्य जातीय कोरियालीहरू जस्तै उनको परिवारले पनि यो त्रासलाई गोप्य राखेको थियो।
औपनिवेशिक शासक जापानका लागि सानोतिनो श्रमिकमाथि लाग्ने लाञ्छना र विकिरणका कारण हुने रोगको सङ्क्रामकताबारे बोल्न धेरैलाई डर लाग्थ्यो । त्यस दिन हिरोशिमास्थित आफ्नो घरमा खेलिरहेको बेला विमानको आवाज सुनेको बाए सम्झए । उनले भने, त्यसको केही मिनेटमै मेरी आमा भग्नावशेषमा पुरिएका थिए ।
मैले मेरी आमालाई जापानी भाषामा भनेँ, आमा! त्यहाँ हवाईजहाजहरू छन्! अहिले ८५ वर्ष पुगेका बाएले एएफपीसँग भने । उनले भने, त्यसको केही समयपछि आमा कहिल्यै बोलेन, खै कहा गए त्यो पनि मलाई थाहा भएन। पछिमात्र मलाई भनियो आमा वित्नुभयो भनेर। बाए भने, मेरो घर म माथि ढल्यो र आगलागी भयो । भग्नावशेषले मलाई जलेको आगोबाट बचाएछ । मैले पछि अरूले भनेको सुने। थाहा पाएँ।
तर ती जहाजहरूबाट खसालिएका विस्फोटक पदार्थले आमा, काका र काकीसहित दशौं हजार मानिसहरूको ज्यान लिए । पछि बाएको बाँकी परिवार जापानबाट कोरिया फक्र्याे । उनीहरूले आफ्नो अनुभवबारे कसैलाई बताएनन्।
– पीडामाथि पीडा –
उनलाई आफू किन बिरामी परिरहेको छ भनेर थाह थियो, तर उनले आफ्नो परिवारलाई भनेका थिएन । उनले भने, हामी सबैले यसलाई दबाइदियौँ। हिरोशिमा र नागाशाकीमा भएको दुई वटा बम विष्फोटमा करिब सात लाख ४० हजार मानिसको मृत्यु भएको थियो ।
जापानको कोरियाली प्रायद्वीपमा उपनिवेश रहेको समयमा जापानमा ठूलो सङ्ख्यामा मानिसहरुको ओहोरदोहोर भएको तथ्याङ्कले देखाएको छ । जापानमा बाँचेकाहरूले ‘हिबाकुशा वा आणविक बमबाट बचेकाहरू र कोरियालीहरूको रूपमा भेदभाव सहनुपरेको थियो ।
सन् १९५० देखि सन् १९५३ को कोरियाली युद्धका कारण प्रायद्वीप विभाजित भएपछि धेरै कोरियालीहरूले प्योङयाङ समर्थक र जापानको सियोल समर्थक समूहहरूमध्ये एक रोज्नुपरेको थियो। क्वोन जून–ओहकी आमा र बुबा दुवै हिरोशिमा आक्रमणमा बाँच्न सफल भएका थिए ।
उनका अनुसार ७६ वर्षीय उहाँका आमाबाबुले पनि आफ्नो पुस्ताका अन्य सदस्यले जस्तै जापानीहरूले आफूभन्दा तल ठानेको ‘फोहोर र खतरनाक काम’ मात्र गर्न पाउँथे । सन् १९९० को दशकको अन्त्यतिर हिरोशिमा शान्ति पार्कमा कोरियाली पीडितहरूलाई दशकौँसम्म आधिकारिक स्मारक बनाउनबाट बञ्चित गरिएको थियो।
– केबल गफ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानको आणविक केन्द्रहरुमा गरेको आक्रमणलाई हिरोशिमा र नागासाकीमा भएको बमबारीसँग तुलना गरेका छन् ।
विस्फोटपछि बाँच्न सफल किम जिन–होले भने, हिरोशिमामा भएको बम विष्फोटको त्रासदी के उनले बुझ्नेका छन् ? के उनले नागासाकीको त्यो कुरा बुझ्नुभएको छ ?
कोरियामा हाप्चेओन केन्द्रले अगष्ट ६ मा एक स्मृति दिवस मनाउनेछ र यस वर्षको कार्यक्रमले थप ध्यान आकर्षित गर्ने आशा गरिएको छ।








प्रतिक्रिया