मंगलबार, मंसिर २३, २०८२

कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपालखोज २०८२ साउन १९ गते १९:३१

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ । परिक्षामा अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थी ननग्रेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

ननग्रेड भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने शर्माले बताए । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १७ जनाको परिक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया