मंगलबार, मंसिर २३, २०८२

‘मानसिक समस्या निराकरणका लागि ध्यान र योग प्रभावकारी’

नेपालखोज २०८२ साउन १९ गते २१:२९

बनियानी (झापा) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानसिक समस्या समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताएका छन् ।

यहाँको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित ओशो मधुवन ध्यान योग आश्रमको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आधुनिक जीवनशैली र मानसिक दबाबका कारण डिप्रेसन, चिन्ताजस्ता समस्या बढिरहेका बेला सोको समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताए ।

ओशो मधुवन ध्यान योग आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियाजन गरेको र थप सहयोगका लागि पहल गर्ने आश्वासन उनले दिए ।

विक्रम संवत् २०७४ मा स्थापना भएयता ओशो मधुवन ध्यान योग आश्रमले ध्यान, योग र साधना प्रवर्द्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । -रासस

प्रतिक्रिया