भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले गरे संसद बहिष्कार

नेपालखोज २०८२ साउन २० गते १३:५४

काठमाडाैं । रास्वपा र राप्रपाका सांसदहरुले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै संसद बहिष्कार गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरण गम्भीर मानवतस्करीको बिषय भएकाले छानविन समिति गठन गर्नुपर्ने माग राख्दै सदन बहिष्कार गरेका हुन् । त्यसअघि संसद बैठक सुरु हुने बितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा दलका नेता विराजभक्त श्रेष्ठलाई बोल्न समय दिए । श्रेष्ठले नेपाली युवाहरु रोजगारी र शिक्षाका लागि अवसरका लागि विदेश जान बाध्य भएपनि भिजिट भिसाका नाममा भ्रष्टाचार हुनु जायज नभएको बताए ।

उनले सबैको मिलोमतोमा भएको भ्रष्टाचारको अन्त्य गर्न संसदीय छानविन गर्न माग गरे । सरकारले बनाएको समिति टालटुले समितिमात्रै भएको उनको भनाइ छ ।

प्रतिक्रिया