४१.७८ अंकले घट्दा ९ अर्ब ३३ करोडको शेयर किनबेच

नेपालखोज २०८२ साउन २० गते १५:५१

काठमाडौं । नेप्से सुचक संगै कारोबार रकम पनि खुम्चिएको छ । नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि ४१ दशमलव ७८ अंकले घटेर २८ सय ३३ दशमलव ५७ अंकमा झरेको छ ।

नेप्सेमा आज ३२५ वटा कम्पनीहरुको एक लाख ३० हजार ९५३ पटकको कारोबारमा दुई करोड २२ लाख सात हजार एक सय ४२ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार चार सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये लघुवित्त समूहको सूचक २३ दशमलव ९२ अंकले बढेर पाँच हजार ३६४ दशमलव ३३ अंकमा चढेकोमा सामुहिक लगानी कोष समूहको सूचक पनि शुन्य दशमलव शुन्य तीन अंकले बढेको छ ।

विकास बैंक समूहको सूचक पनि एक सय ५२ दशमलव ३७ अंकले घटेर छ हजार २८ दशमलव ८८ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ४८ दशमलव २३ अंकले घटेर २५ सय ५७ दशमलव ६६ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि ६१ दशमलव ६५ अंकले घटेर तीन हजार ६९६ दशमलव २० अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि १९३ दशमलव ४५ अंकले घटेर १३ हजार ३६८ दशमलव २६ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि १५५ दशमलव ९३ अंकले घटेर १२ हजार ७४९ दशमलव ९० अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।

प्रतिक्रिया