हिरोसिमा र ६ अगस्ट

हिरोसिमा बम आक्रमणको भएको पनि ८० वर्ष भयो । सन १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका विमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ११७८ घाइते भएका थिए । आठ वटा ठुला पनडुब्बी ध्वस्त भएका थिए तथा १८८ वटा बमवर्षक विमान जलेका थिए । यसरी अमेरिकी सेनाले जुन क्षति बेहोर्नु पर्यो त्यसले गर्दा दोस्रो विश्व युद्धले अर्को मोड लियो । अमेरिकी सेना जापान विरुद्ध युद्धमा होमियो ।
जसको बदला स्वरूप अमेरिकी सेनाले १९४५ अगस्ट ६ र ९ मा हिरोसिमा र नागासाकीमा परमाणु बमको आक्रमण गरेर जापानसँग बदला लियो । यसले ती सहरमा बस्ने करिब साढे दुई लाख मानिसले अनाहकमा ज्यान गुमाउनु परेको थियो । जापानले युद्ध विराम गरेर दुख मनाए भने विश्वले सदैव अमेरिकाको यो कदमको विरोध गरिरहे ।
हिरोसिमामा अन्दाजी बिहानको ८:१५ हुँदै थियो, अमेरिकी बमवर्षक वि-२९ विमान, कनोला गने, ले करिब ४ टनको ‘लिटल ब्वाई’ छद्म नाम दिइएको न्युक्लियर बम खसाल्यो । २ लाख ५० हजार जनसङ्ख्या भएको हिरोसिमामा बम आक्रमणको लगत्तै ६० हजार सर्वसाधारण तथा २० हजार सैनिकले ज्यान गुमाए । बमबाट फैलिएको विकिरणले गर्दा पछि ९० हजार मानिसको मृत्यु भयो भने अन्य हजारौँ जीवन भर घाइते अवस्थामा बाँचे ।
यस दुखद घटनाको तीन दिन पछि पून अमेरिकाले नागासाकीमा अर्को बम खसाल्यो । यसको केही दिन पछि अगस्ट १४ का दिन जापानले आत्म समर्पण गरे तर अमेरिकालाई संसारले कहिल्यै माफ गरेन । युद्ध सधैँ युद्ध मैदानमा हुने गर्दछ । जापानले पर्ल हार्वरमा आक्रमण गर्दा सैनिकहरू माथि आक्रमण गरेका थिए । मृत्यु हुने सैनिक नै थिए । तर अमेरिकाले हिरोसिमा र नागासाकीमा आक्रमण गर्दा सर्वसाधारण जनता रहने सहरमा आक्रमण गरेको थियो । यस घटनाका कारण विश्वले कहिल्यै अमेरिकालाई माफ दिन सक्दैन ।








प्रतिक्रिया